चन्द्रागिरिमा २२ मतदानस्थल तथा ५६ मतदान केन्द्र

Thankot Times

थानकोट, चैत्र १३ ।

निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि मतदाताहरूको विवरण तथा मतदान केन्द्र तथा मतदानस्थल सार्वजनिक गरेको छ । आइतबार आयोगले सार्वजिनिक गरेको विवरण अनुसार चन्द्रागिरि नगरपालिकामा २२ मतदानस्थल तथा ५६ मतदान केन्द्र तोकिएका छन् । वि.सं. २०७४ को स्थानीय चुनावमा यो संख्या ४७ वटा तोकिएको थियो ।

आइतबार आयोगले जारी गरेको विवरण अनुसार चन्द्रागिरि नगरमा कुल मतदाताको संख्या ४७ हजार २ सय ६४ रहेको छ । जुन गत स्थानीय निर्वाचनको तुलनामा ८ हजार ४ सय २८ ले बढी हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *