चुनावमा नगरपालिकाका मेयरले साढे चार लाख रूपैयाँसम्म खर्च गर्न पाउने, वडाध्यक्षले २ लाख
थानकोट, फागुन २८ ।
बैशाख ३० का लागि तय भएको स्थानीय चुनावका लागि आचार संहिता लगाउने तयारीमा रहेको निर्वाचन आयोगले शुक्रबार दलहरुको प्रतिनिधिलाई बोलाएर चुनाव खर्चको सिलिङ प्रस्ताव गरेको छ । जसअनुसार महानगरपालिकाका मेयर/ उपमेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउँछन् भने उपहानगरका मेयर/उपमेयरले साढे ५ लाख, नगरपालिकाका मेयर/उपमेयरले साढे ४ लाख र गाउँपालिकाका प्रमुख/उपप्रमुखले साढे ३ लाखसम्म खर्च गर्न पाउनेछन् ।
आयोगका अनुसार वडा सदस्यसम्मको चुनाव खर्चको सीमा २०७४ कै कायम राखिएको छ । जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्य तथा गाउँ नगर कार्यपादिकाका सदस्यहरुको चुनाव खर्चको सीमा भने घटाइएको छ ।
तर यो सीमा कर्मकाण्डी मात्र भएको विज्ञहरूको तर्क छ, उनीहरू भन्छन् ‘हिसाबकिताब लाखमा, खर्च करोडमा !’












