स्युचाटारमा सवारी दुर्घटना, थानकोट निवासी मोटरसाइकल चालक महिलाको मृत्यु
थानकोट ।
कलंकीस्थित स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२-०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लक्ष्मीले तीव्र गतिमा चलाएको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
उनको शवलाई पोष्टमार्टमको लागि महाराजगंजस्थित त्रि.वि शिक्षण अस्पतालमा राखिएको छ ।












