स्थानीय तह निर्वाचनका लागि धराैटी रकम तोकियो, कुन पदका लागि कति धरौटी ?
थानकोट ।
वैशाख ३० का लागि तय भएको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको छ । निर्वाचन आयोगले तोकेको धराैटी रकम अनुसार स्थानीय तहको वडा सदस्य उठ्नेले ५०० रूपैयाँ धरौटी बुझाउनु पर्ने हुन्छ । वडा अध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ ।
त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगरप्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय रहेको छ । निर्वाचन आयोगले महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि भने धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।













