चन्द्रागिरि ३ को वडाध्यक्षमा नेपाली काँग्रेसको १०५ मतको अग्रता ३०० मत गणना हुन बाँकी
थानकोट ।
स्थानीय तह निर्वाचन अन्तर्गत अहिले चन्द्रागिरि ३ र ४ को मतगणना जारी छ ।
चन्द्रागिरि ३ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । १६०० मतगणना हुँदा चन्द्रागिरि ३ मा नेपाली काँग्रेसका उम्मेदवारले ५५३ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ४४८ तथा माओवादी केन्द्रका उम्मेदवारले ४४५ मत पाएका छन् ।
त्यस्तै मेयरमा चन्द्रागिरि ३ मा नेपाली काँग्रेसले७४२ तथा नेकपा एमालेले ५३० मत पाएको छ । यस वडामा १९२० मत खसेको छ । तीन जना मात्र वडाध्यक्षका उम्मेदवार भएको यस वडाको मत गणना अन्य वडाको तुलनामा छिटो छिटो भइरहेको छ ।












