चन्द्रागिरि ७ मा नेकपा एमालेको अग्रता कायमै
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ७, ८ र ९ काे मतगणना जारी छ । चन्द्रागिरि ७ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार यो वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ४५३ मत पाएका छन् भने नेपाली काँग्रेसका उम्मेदवारले ३१३ मत पाएका छन् ।
मेयर पदमा चन्द्रागिरि ७ बाट ९०० मत गणना हुँदा नेकपा एमालेले ४९६ तथा नेपाली काँग्रेसले ३१४ मत प्राप्त गरेको छ ।
२०१९ मत खसेको चन्द्रागिरि ७ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।












