यस्तो छ चन्द्रागिरि १२ को अन्तिम मतपरिणाम, काँग्रेसले वडासदस्य पद १२ मतले जित्यो
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।
चन्द्रागिरि नगरका वडा नं. १ देखी १३ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १४ र १५ को मत गणना जारी रहेको छ । केही बेर अघि सम्पन्न ३५५३ मत खसेको चन्द्रागिरि १२ मा नेकपा एमालेले ३ सदस्य सहित वडाध्यक्षमा बाजी मारेको छ । नेकपा एमालेका न्हुच्छे बहादुर महर्जनले १३११ मत सहित वडामा नेतृत्व गर्ने अवसर पाउँदा निवर्तमान वडाध्यक्ष प्रकाश श्रेष्ठ १११४ मतले पछि परे । नेमकिपाले यो पदमा ६९९ मत प्राप्त गर्यो ।
चन्द्रागिरि १२ बलम्बुमा वडाध्यक्षसहित नेकपा एमालेले महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला सदस्य पदमा जित हात पारेको छ भने नेपाली काँग्रेसका उम्मेदवार खुल्ला सदस्य पदमा १२ मतले विजयी हुँदै सो वडा एमालेबाट क्लिन स्वीप हुनबाट बचाउन सफल भए उनले ९६६ मत पाएका छन् ।
यस वडामा वडाध्यक्षको १९२ मत बदर हुँदा मेयर तथा उपमेयरको क्रमश २२० र ७५६ मत बदर भएको छ। मेयरतर्फ नेपाली काँग्रेसले १२९४ तथा नेकपा एमालेले १२७० मत हात पार्यो, मादल चिन्हमा ५४२ मत परेको छ । त्यस्तै उपमेयर पदमा नेकपा एमालले १३०६ मत पाउँदा मादल चिन्हमा ५८२ मत परेको छ ।












