चन्द्रागिरि नगरको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरी दोहोरिने निश्चित
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।
हाल चन्द्रागिरि १५ को मत गणना जारी छ । चन्द्रागिरि नगरको ११४३ मत गणना हुन बाँकी रहँदा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार घनश्याम गिरीले १५३६५ मत पाएका छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार उत्तम बहादुर राउतले १३७३६ मत पाएका छन् । चन्द्रागिरि १५ राउतको गृह वडा हो ।
यसैबीच मेयर पदमा घनश्याम गिरीको जित निश्चित भएपछि समर्थकहरू नगरपालिकाको कार्यालय अघिल्तिर भेला हुने क्रम बढेको छ भने सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो लागेको छ ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार वसन्ती श्रेष्ठ विजयी हुने निश्चित छ, नगरको ११४३ मत गणना हुन बाँकी रहँदा उनले १४७२८ मत पाइसकेकी छन् । उपमेयरका उम्मेदवार राजमोका रोशन दानीले हालसम्म ४४०२ मत पाएका छन् ।














