मोबाइल म्यासेजमा १० ग्राम सुन पाउने अफर आएमा नखाेल्नू : प्राधिकरण

Thankot Times

थानकोट । मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्बर अफर’ सम्बन्धी एसमएस आएमा नखोल्न नेपाल दूरसञ्चार प्राधिकरणले सतर्क गराएको छ । ‘२० रुपैयाँमै १० ग्राम सुन जित्ने अवसर’ भन्दै लिंक खोल्न अनुरोध गरेर एसएमएस पठाइने गरेकाेबारे प्राधिकरणले अनुसन्धान गरिरहेको सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । ‘कतिलाई यस्तो एमएमएस गयो, कतिले लिंक खोल्नुभयो, कसले पठाएको भनी हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिलेलाई हामीले सर्वसाधारणलाई सचेत गराउन सूचना प्रवाह गरेका छौं ।’ प्राधिकरणले आफ्नो वेबसाइटमा सूचना राखेको छ । पछिल्ला केही दिनयता नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा यस्ता फर्जी एसएमएस आइरहेको गुनासो आएपछि प्राधिकरणले अनुसन्धान थालेको जनाएको छ । यस्ता एसएमएस आएमा तिनमा दिइएको लिंक नखोल्न प्राधिरणले अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *