प्रिन्सको वरियता खस्कियो, अब सातौं स्थानमा
थानकोट ।
नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व जुनियर वरियतामा सातौं स्थानमा झरेका छन्। यसअघि दोश्रो स्थानमा रहेका प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेको पछिल्लो वरियतामा दाहाल एकैपटक ६ स्थान तल झरेका हुन् । सो अघि उनी पहिलो स्थानमा थिए ।
प्रिन्सले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका कारण उनको वरीयता खस्किएको हो । उनी विश्व वरियताको शीर्षस्थानसम्म पुग्ने एक्लो नेपाली खेलाडी हुन। नयाँ वरीयतामा मलेसियाका होह जस्टिन शीर्षस्थानमा उक्लिएका छन् ।
दोस्रो स्थानमा इन्डोनेसियाका अल्वी फरहान, तेस्रो स्थानमा एस्टोनियाका टाउरी किल्क, चौथोमा फ्रान्सका एलेक्स लेनिएर, पाँचौ स्थानमा अमेरिकाका आरोन बाइ र छैटौं स्थानमा भारतका शंकर मुथुस्वामी सुब्रमनियम छन्।













