टिमोर लिस्टेसँग नेपालको संघर्षपूर्ण बराबरी

Thankot Times

थानकाेट ।

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलम टिमोर लिस्टेको यू-२३ टोलीसँग बराबरी खेलेको छ  ।

दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो ।

एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेलको हो ।

अब नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने छ ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् ।

छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।  दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ