१ घण्टामै तराई पुग्नका लागि चन्द्रागिरि-पालुङ-चितवन द्रुत मार्ग बनाइने

Thankot Times

थानकोट ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको  बजेट प्रस्तुत गरिरहेका छन् ।

आगामी आर्थिक वर्षमा काठमाण्डाैबाट चितवन पुग्नका लागि चन्द्रागिरि-पालुङ-चितवन द्रुत मार्ग बनाइने भएको छ । त्यस्तै नागढुंगा-मुग्लिन सडकका विस्तारका लागि  रू. १० अर्ब विनियोजन गरिएको छ ।

त्यस्तै आगामी वर्ष सम्पन्न गर्ने गरि नागढुंगा सुरूङ मार्गका लागि ५ अर्ब २० करोड विनियोजन गरिएको छ भने काठमाण्डाैका अन्य तीन भन्ज्याङमा सुरूङ मार्ग निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *