प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मंसिर १० गतेभित्र !
थानकोट ।
निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ । २१ मंसिर २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको पदावधि सकिने भएकाले त्यसअघि नै नयाँ सांसद निर्वाचित हुनेगरी आयोगले आन्तरिक तयारी थालेको हो ।

२२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०/१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको अनलाइनखबरमा समाचार छ । १० मंसिरपछि निर्वाचन गर्दा हिमाली जिल्लामा हिमपात भएर कठिनाई हुने अनि सांसदहरुको पदावधिसमेत सकिएर रिक्तताको अवस्था आउने भएकाले ढिलोमा १० मंसिरको समय सीमामाथि छलफल हुने आयोगका कर्मचारीहरुको भनाइ छ ।
तस्बिरः स्थानीय तह निर्वाचन २०७९ मा लामबद्ध मतदाताहरू