चन्द्रागिरि नगरका सबै वडाहरूमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने
थानकोट ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाण्डाै जिल्लाका तीन स्थानीय तहमा राष्ट्रिय परिचयपत्र दर्ताको विवरण संकलन कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने भएको छ ।
चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुर नगरपालिकामा सो कार्य अभियानकै रूपमा सञ्चालन हुने बताइएको छ। सो कार्य जेठ अन्तिम साताबाट चन्द्रागिरि नगरका सबै वडाहरूमा सुरू हुने चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।












