रगतको मूल्यमा वृद्धि, बिरामीले प्रति युनिट १६४० रुपैयाँसम्म तिनुपर्ने

Thankot Times

थानकोट ।

सरकारले रगतको मूल्य वृद्धि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रति युनिट रगतको मूल्य ८१० देखि १ हजार ६४० रुपैयाँ कायम गरेको छ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी रक्तसञ्चाल केन्द्रहरुलाई ८१० देखि १ हजार ६४० रुपैयाँसम्म कायम गर्न सकिने जानकारी गराएको छ। उक्त मूल्यमा ब्लड ब्यागको १५०, ट्रान्सफ्युजन सेटको एक सय लगायत कायम गरिएको छ।

यता नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतको मूल्य बढाएको भन्दै विरोध गरेको थियो। समाजले प्रेस विज्ञप्ति मार्फत दानमा आएको रगत निःशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको हो। दानमा आउने रगत निःशुल्क रुपमा बिरामीलाई उपलब्ध गराउन समाजको माग छ।

गत वर्ष समाजको १५ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले बिरामीहरुलाई रगत निःशुल्क उपलब्ध गराउने आश्वासन दिएकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *