नेपालमा थप १७ जनामा कोरोना संक्रमण, देशभर १०७ जना सक्रिय संक्रमित

Thankot Times

थानकोट ।

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई हजार १७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको हो।
एक हजार १९३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ र ९८० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ११ जना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १९२ पुगेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *