दहचाेककाे ६२ राेपनी जग्गा सहित मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न सञ्चालक तयार

Thankot Times

थानकाेट । प्रस्तावित मनमोहन मेडिकल कलेज बेच्न यसको सञ्चालक संस्था नेपाल स्वास्थ्य सेवा सहकारी संस्था तयार भएको छ । उक्त सहकारीको ३ वैशाखमा बसेको १६ औं साधारणसभाल काठमाडौंको दहचोक र स्वयम्भूमा रहेको जग्गा र संरचना सरकारलाई बेच्ने निर्णय गरेको थियो र सोही निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेको कार्यवाहक अध्यक्ष जीवनप्रकाश शर्माले जानकारी दिए ।

‘यो संस्था २ अर्ब ३५ करोड लोनमा कहिलेसम्म बाँच्न सक्छ ? त्यसैले आफ्नो प्रोपटी सरकारलाई बेचेर लोनबाट मुक्त हुनुपर्छ भनेर गत माघ–फागुनबाट छलफल सुरु गरेका थियौं’, कार्यबाहक अध्यक्ष शर्माले भने, ‘संस्थाको १६ औं वार्षिक साधारणसभा वैशाख ३ गते सरकारलाई जग्गा र संरचना लिइदिन अनुरोध गर्ने निर्णय गरेको हो ।’ मेडिकल कलेजसँग स्वयम्भूमा २८ रोपनी जग्गा र दहचोकमा ६२ रोपनी जग्गा र ती जग्गामा बनेका भवनसहितका संरचना छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *