नेपालमा ‘मंकिपक्स’ को आशंका गरिएका पुरुषमा कुष्ठरोग देखियो

Thankot Times

थानकोट ।

नेपालमा मंकिपक्सका शंकास्पद भनिएका एक पुरुषमा कुष्ठरोग देखिएको छ।

दुबई हुँदै नेपाल आएका ती २६ वर्षीय पुरुषमा मंकिपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो।

ती पुरुषको रिपोर्टमा कुष्ठरोग पोजिटिभ देखिएको टेकु अस्पतालमा कार्यरत एक चिकित्सकले बताए । उनले भने, ‘एउटा रिपोर्टमा कुष्ठरोग पोजिटिभ देखिएको छ । मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु ल्याइएको थियो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा ती पुरुषमा ‘मंकिक्स’भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो । अस्पतालले प्रयोगशाला परीक्षण र ड्रमाटोलोजिष्टहरुको टीमले गरेको अनुसन्धानले संक्रमण मंकिपक्सको नभइ कुष्ठरोग भएको पत्ता लागेको हो ।

टेकु अस्पतालमा कार्यरत एक चिकित्सककाअनुसार ती पुरुषमा केही दिनअघि ज्वरो आएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *