चन्द्रागिरि १४ नयाँ नैकाप बन्यो काठमाण्डाै जिल्लाकै पहिलो बालश्रम मुक्त वडा
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नंं १४ नयाँ नैकापलाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।
चन्द्रागिरि नगरपालिकालाई २०८२ सालसम्ममा बालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तर्गत बिहिबार वडालाई बालश्रम मुक्त घोषणा गरिएको हो । काठमाडौंमा नै सो वडा बालश्रम मुक्त हुने पहिलो वडा बनेको चन्द्रागिरि नगरपालिकाले दाबी गरेको छ ।
बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख घनश्याम गिरीले बालबालिकाको हक हित र अधिकारका क्षेत्रमा नगरले आवश्यक कानुन निर्माणको कार्य गरेको बताउनु हुँदै आफ्नो घरपरिवार, टोल बस्तीबाट बालश्रम प्रयोग भएको छ छैन भन्ने तर्फ सबैले हेक्का राख्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै, सो कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख बसन्ती श्रेष्ठले सबैले जिम्मेवार ढंगले कार्य गरेमा मात्रै वडा बालश्रम मुक्त हुने धारणा राख्दै नगरले लिएको ३ वर्षभित्र बालश्रम मुक्त गराउने लक्ष्य पूरा गर्ने क्रममा सबै नगरबासीहरूले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । चन्द्रागिरि नगरपालिकाकी महिला विकास अधिकृत रश्मी श्रेष्ठले वडालाई बालश्रम मुक्त गर्ने अभियानका क्रममा गरिएका विभिन्न क्रियाकलापहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।

दुवै तस्बिर सामाजिक सञ्जालबाट ।












