काठमाडौंमा हैजाका बिरामी भेटिए

Thankot Times

थानकोट ।

काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् ।

उनीहरुको टेकुमै उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *