एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः नेपालको लगातार तेश्रो जित
थानकोट ।
मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपाल र बहराइनबीचको वर्षाले प्रभावित खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । ७ ओभरमा छोट्याइएको खेलमा बहराइनले ६ विकेट गुमाउँदै १४ रन बनाएपछि नेपालले १५ रनको लक्ष्य पाएको थियो । नेपालले ३.४ ओभरमा २ खेलाडी गुमाउँदै प्रतियोगितामा लगातार तेश्रो जित दर्ता गराएको हो ।
समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।













