चन्द्रागिरि नगरपालिकाको नवाैं नगर सभा सुरू
थानकोट ।
चन्द्रागिरि नगरपालिकाको नवाैं नगर सभा शुक्रबारबाट सुरू भएको छ ।
चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको सभा हलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नगरको नवाैं नगर सभाको उद्घाटन गर्नुभएको हो ।
नगरसभा उद्घाटन समारोहमा काठमाण्डाै क्षेत्र नंं १० का सांसद् राजेन्द्र कुमार केसी, क्षेत्र नंं ९ का सांसद् कृष्णगोपाल श्रेष्ठ, संघीय सांसद् बिना श्रेष्ठ, अन्जना विशंखे, प्रदेश सांसद् रमा आलेमगर, बेलीमाया घले, केशव पोखरेल, जिसस काठमाण्डाैका प्रमुख सन्तोष बुढाथोकी लगायत चन्द्रागिरि नगरपालिकाका निवर्तमान र बहालवाला जनप्रतिनिधिहरू, प्रमुख दलका स्थानीय प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।




















