नेपालमा थप ४४ जनामा कोरोना संक्रमण

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २२९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २२३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

मंगलबार ४४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *