काठमाडौँका खुल्ला ठाउँमा खानेकुरा बेच्न निषेध

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले आजदेखि खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ ।

हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *