ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमण
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो । एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।












