पानी पर्दा देशभरका सरकारी वेबसाइट आध‍ा घण्टा डाउन

Thankot Times

थानकोट ।

दुई दिनदेखि निरन्तरको वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन् ।

काठमाडौंमा पानी पर्दा विजुली आउने र जाने भएका कारण आधा घण्टा देशभरका सरकारी वेबसाइटहरु डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले अनलाइनखबरलाई जानकारी दिएका छन् । उनले भने, ‘ निरन्तरको वर्षाले पावर सप्लाई अफ भयो। जसका कारण देशभरको वेबसाइट आधा घण्टाका लागि डाउन हुन पुग्यो।’

निर्देशक पोखरेलले सरकारी वेबसाइटको ब्‍याकअप सिष्टम हेटौंडामा राखिएकोले तत्कालै रिकभर गर्न नसकेपछि आधा घण्टापछि पुन: देशभर सरकारी वेबसाइटहरु सुचारु भएको बताए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा देशभरका करिब ३ हजार ५७ वटा सरकारी कार्यालयका वेबसाइट डिएनएसमा दर्ता भएका छन् भने १ हजार ३४५ बढी वेबसाइटहरु सी प्यानलमा होस्ट गरिएका छन् ।

यस्तै ५१६ वटा वेबसाइटहरु भर्चुअलाइजेशन र क्लाउड उपयोगकर्ताहरु रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *