थानकोट, नैकाप र कलंकी सहित उपत्यकाका १० ठाउँमा भेटियो हैजाको जिवाणु
थानकोट ।
काठमाडौंमा विभिन्न १० ठाउँमा हैजा फैलिएको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले काठमाडौंका विभिन्न स्थानमा हैजा फैलिएको बताए । उनले काठमाडौंका १० स्थानमा अहिलेसम्म हैजाका बिरामी देखा परेको र काठमाडौका भित्री शहरमा यो रोग फैलिसकेको दाबी गरे । उनका अनुसार बागबजार, डिल्लीबजार, कपन, बालाजु, थानकोट, कोटेश्वर, नैकाप, बल्खु, कलंकी र सानेपामा बस्ने ब्यक्तिमा हैजा देखिएको छ । यसबाट यी क्षेत्रमा हैजाको संक्रमण फैलिसकेको उनले बताएका छन् ।
हैजाका बिरामीको संख्या १४ पुगेको छ । मंगलबार साँझ दुई जना बिरामी थपिएसँगै हैजाका बिरामीको संख्या १४ पुगेको छ । हैजा लागेर अस्पताल पुगेका १२ जना डिस्चार्ज भइसकेका छन् । २ जनाको टेकू अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था सामान्य नै रहेको दासले बताए ।












