बालाजुमा भ्यानकाे ठक्करबाट चन्द्रागिरि निवासी माेटरसाइकल चालकको ज्यान गयाे

Thankot Times

थानकाेट ।

काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गए राति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक चन्द्रागिरि नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । कार्कीको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *