नेपालमा पनि भेटिए नैरोबी फ्लाईको संक्रमणसँग मिल्दो लक्षण भएका बिरामी

Thankot Times

थानकोट ।

पूर्वी अफ्रिका र भारतमा देखिएको नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि देखिएका छन् ।  कञ्चनपुरको भीमदत्त नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा सम्भावित लक्षण भएका बिरामी भेटिएका हुन् ।

कस्तो हो नैरोबी फ्लाइ संक्रमण ?

नैरोबी फ्लाइ कालो र खैरो मिश्रित एक प्रकारको सानो किरा हो । यो किरा धेरै वर्षा हुने स्थानमा देखिँदै आएको छ ।

बाली विज्ञहरूको अनुसार यो किराले बाली उत्पादनमा सहयोग गर्ने किराहरूलाई आक्रमण गर्दछ । सो क्रममा कृषकहरूको छालामा बस्नपुग्ने र संक्रमण गराउँछ ।

भारतको सिक्किममा बिहीबारसम्म १ सयजना भन्दा बढीमा नैरोबी फ्लाइको संक्रमण देखिइसकेको भारतको स्वास्थ्य विभागको तथ्यांक छ ।

सिक्किमको मनिपाल इन्ष्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरूमध्ये एकजनालाई हातको छालामा गम्भीर संक्रमण भएपछि शल्यक्रिया गर्नु परेको थियो । अन्य विद्यार्थीको भने औषधिमार्फत उपचार भइरहेको विभागले जनाएको छ  ।

भारतीय स्वास्थ्य अधिकारीहरूका अनुसार नैरोबी किराले मानिसलाई नटोक्ने तर छालामा बसेको बेला त्यसलाई चलाएमा वा छोडेर जाने बेलामा विषात्त एसिड छोडेर जान्छन्, यस्तो एसिडले छालामा जलन, एलर्जी, सुन्निने लगायतका विभिन्न समस्या गराउँदछ ।

यदि नैरोबी फ्लाइ शरीरका कुनै पनि भागमा बस्नपु गेमा त्यसलाई नचलाउन तथा बसेको ठाउँमा तुरुन्तै साबुनपानीले धुन अधिकारीहरूले सुझाव दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *