नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लाग्दै

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । जसमध्‍ये ५५५ जना होम आइसोलेसनमा रहेका छन भने ९ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् । यस्तै एकजनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *