काठमाडौं उपत्यकामा चन्द्रागिरि नगरमा दुई सहित अहिलेसम्म २७ जनामा हैजा पुष्टि

Thankot Times

थानकोट ।

काठमाण्डाै उपत्यकामा अहिलेसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो।

जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो।

सुरूमा असार २ गते हैजा देखिएको थियो। काठमाडौंको बागबजार बस्ने एकै परिवारका दुई जनामा पुष्टि भएको थियो। त्यसको भोलिपल्टै ललितपुरको सानेपामा पनि देखिएको थियो।

असार ५ गते फेरि डिल्लीबजारमा चौथो केस देखिएको थियो।

असार ६ गते बुढानिलकण्ठ-१० कपनका एक जनामा र असार ७ गते काठमाडौं-१६ बोराटारमा पनि हैजा देखिएको थियो।

अहिले तीन जना अस्पतालमा उपचाररत छन्। दुई जना भने पाँच वर्ष मुनिका बालबालिकामा हैजा देखिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *