नेपालमा कोरोना संक्रमितको ग्राफ डरलाग्दो, पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।












