बागमतीमा प्रदेशका स्वास्थ्य संस्थामा कार्यरत ५३४ करारका कर्मचारी एकै पटक हटाइँदै

Thankot Times

थानकोट ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत ५ सय ३४ जना करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । २८ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले प्रदेशअन्तर्गतका अस्पताल, स्वास्थ्य संस्थाहरु कार्यरत करारका कर्मचारीको असार मसान्तपछि सम्झौता नवीकरण नगर्न मातहतका सबै निकायलाई परिपत्र गरिसकेको छ ।

 ‘प्रस्तुत विषयमा यस मन्त्रालय र मातहतका कार्यलयहरुमा २०७९ साल जेष्ठ मसान्तअघि करार सम्झौता भएका करार सेवामा-अस्थायी दरबन्दीमा कार्यरत सम्पूर्ण कर्मचारी (स्थायी दरबन्दीमा कार्यरत करार र अस्पताल व्यवस्थापन समिति करारबाहेक) २०७९ असार मसान्तपछि अर्को व्यवस्था नभएसम्म म्याद थप नगर्न यस मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९/०३/२८ गतेको निर्णअनुसार अनुरोध छ,’ मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ ।

प्रदेश मन्त्रालयअन्तर्गत २६ वटा अस्पताल सञ्चालनमा छन् । त्यसबाहेक प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशाला धुलिखेल र १३ वटा स्वास्थ्य कार्यलयहरु छन् ।

ती सबै ठाउँमा स्थायी दरबन्दीमा कार्यरत करार र अस्पताल व्यवस्थापन समिति करारबाहेकका ५ सय ३४ करार सेवाका कर्मचारी कार्यरत छन् ।

हेल्थ आवाजबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *