नामिबियाले नेपाललाई दियो २०० रनको चुनाैती
थानकोट ।
विश्वकप क्रिकेट लिग टू मा नेपालले नामिबियाविरुद्ध २०० रनको विजयी लक्ष्य पाएको छ । स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।















