काठमाडौं उपत्यकामा थपिए २१६ जना कोरोना संक्रमित

Thankot Times

थानकोट ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोभिड १९ का संक्रमित थपिएका छन् ।

काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा २२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २७० पुगेको छ ।

देशभर रहेका दुई हजार २७६ जना सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा र १३३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये २१ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *