पात्लेवनमा पहिरो, राजमार्गमा सवारी साधनको लामो लाम
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि २ पातलेवनस्थित सडकमा ठूलो ढुङ्गा खसेपछि सडक अवरूद्ध भएको छ ।
अहिले सो स्थानमा सवारी साधनहरू आलोपालोमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । एकतर्फी मात्रै सडक खुलेकाले आलोपालो गरेर गाडी पास गराउँदा सडकमा गाडीको लामो लाइन लागेको छ ।












