देशभर थपिए ४३५ कोरोना संक्रमित

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो  २४ घन्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४३५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ६६७ जनाको पिसिआर र एक हजार ९०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर दुई हजार ५३७ जना सक्रिय संक्रमित छन्। सो अवधिमा ५६ जना संक्रमित निको समेत भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *