जिफन्टको अध्यक्षमा विनोद श्रेष्ठ, सचिवमा बेलीमाया घले

Thankot Times

थानकोट ।

नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा को अध्यक्षमा पुनः विनोद श्रेष्ठ चयन भएका छन्।

ललितपुरको गोदावरीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मतरूपमा अध्यक्ष चुनिएका छन् । उनी एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन् ।

महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन भएका छन् ।

त्यसैगरी महासचिव लक्ष्मण शर्मा र उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ चयन भएका छन् । ५ जना सचिवमा क्रमश कृष्ण केसी, बेलीमाया घले, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, र तारानिधी पन्त रहेका छन् । ४१ जना केन्द्रीय कार्यसमिति सदस्य चयन भएका छन् ।

जिफन्टको ५१ सदस्यीय कार्यसमितिको विधान परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात र ५ जना सदस्य थपेको हो । निर्वाचित नयाँ कार्यसमितिको मंगलबार दिउँसो औपचारिक घोषणा हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *