विश्व हेपाटाइटिस दिवस: के हो हेपाटाइटिस, कसरी जोगिनेे?

Thankot Times

थानकोट ।

हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ। कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस ‘ए’ देखी ‘इ’ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन्। तुलनात्मक रुपमा हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुन्छ।

हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि छ। त्यो भनेको हेपाटाइटिस ‘बी’ र ‘सी’हो। यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई नै बढी प्रभाव पारेको देखिन्छ।

हेपाटाइटिस ‘बी’ लागेका ९० प्रतिशत  र हेपाटाइटिस ‘सी’ भएका ८० प्रतिशत  मानिसहरूलाई त आफूमा यो रोग लागेको थाहा नै हुने र अन्य व्यक्तिहरुलाई यो रोग सोरको पाइएको छं।
हेपाटाइटिसका केहि लक्षण 

ज्वरो आउनु

शरीर पहेलो हुनु

वाकवाकी, उल्टी हुनु

खान मन नलाग्नु

जीउ दुख्नु

अत्याधिक थकान महसुस हुनु

पिसाब पहेलो हुनु

पेट दुख्नु

शरीर चिलाउनु

हेपाटाइटिसका कारण 

रगतमा विलिरुविन बढेमा

दुषित पानी तथा खानेकुराको सेवन गर्नाले

सरसफाइमा ध्यान नदिनाले

पानी , विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ।

त्यसमध्य हेपाटाईटिस ए र ई पानी तथा दुषित खानेकुराका कारण सर्ने गर्छ।
रोकथामका उपाय 

कुनै पनि रोग भन्दा त्यसको रोकथाम गर्नु नै सबैभन्दा उत्तम उपाय हो। त्यसको लागि विभिन्न कुरामा ध्यान दिनु जरुरी छ।

शरीरमा रोग लाग्न नदिने

दुषित पानी तथा खानेकुराको सेवन नगर्ने

खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने

सफासुघर बस्ने

फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने

वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उबाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने,

पानी उमाल्न नसकेको खण्डमा पानीमा क्लोरिनको प्रयोग गर्ने

यदी ताई आमा बन्दै हुनुहुन्छ भने गर्भावस्थामै चिकित्सकसितको सल्लाह अनुसार हेपाटाइटिस विरुद्धको खोप लगाउने

आफ्नो बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने

जोखिम समूह

बहु यौन पार्टनर भएका व्यक्ति वा समूह

संक्रमित व्यक्तिको सम्पर्कमा/उपचारमा रहने समूह

संक्रमित आमाबाट जन्मिएका शिशु

मदिराको उच्च सेवनकर्ताहरु । स्वास्थ खबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *