एसिया कप क्रिकेट यूएईमा हुने, आयोजक भने श्रीलङ्का नै

Thankot Times

थानकोट ।

अगष्ट २७ बाट सुरू हुने एसिया कप- २०२२ को भेन्यु सारिएको छ । श्रीलङ्काको पछिल्लो बिग्रदो राजनीतिक अवस्थाका कारण एसिया कपको भेन्यु सारिएको हो। यद्यपि, आयोजक भने श्रीलङ्का नै हुनेछ।

यसपटक एसिया कप टी-ट्वेन्टी फर्म्याटमा खेलिनेछ।

प्रतियोगितामा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान सामेल हुनेछन्। यस्तै कुवेत, यूएई र हङ्कङमध्ये एक टोली सामेल हुनेछ।

प्रतियोगिता ११ सेप्टेम्बरसम्म चल्नेछ। यो प्रतियोगितामा भारत र पाकिस्तान आमने-सामने हुनेछन्। अन्तिम पटक यी दुई टोली विश्वकप २०२१ मा भिड्दा नतिजा पाकिस्तानको पक्षमा आएको थियो। यसअघिको एसिया कपको विजेता भने भारत हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ