साफ यू-२० च्याम्पियनसिपः नेपालको लज्जास्पद हार, भारत ८-० ले विजयी, नेपालको फाइनल सम्भावना कायमै

Thankot Times

थानकोट ।

साफ यू२० च्याम्पियनसिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार‌ हो ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई कुनै मौका दिएन ।

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌।

अब नेपालले प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना भने जिवित छ । नेपालले बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनलमा पुग्नेछ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि नेपाल फाइनलमा पुग्नेछ ।

मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछ ।

फाइनल खेल शुक्रबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ