स्तरोन्नतिका लागि श्रावण २३ गतेबाट मनकामना केबलकार बन्द हुने
थानकोट ।
चितवनस्थित मनकामना केबलकार केही अवधिका लागि बन्द हुने भएको छ ।
केबलकारको स्तरोन्नतिको पहिलो चरणको कार्यका लागि श्रावण २३ गतेबाट अर्को सूचना प्रकाशित नभएसममका लागि केबलकार सेवा बन्द गर्न लागिएको मनकामना केबलकारले जनाएको छ ।
एनालग प्रविधिबाट डिजिटल प्रविधिमा केबलकारको स्तरोन्नति गर्न करिब ५ देखि ६ साता लाग्नेपनि मनकामना केबलकारद्धारा जारी सूचनामा उल्लेख छ । वि.संं २०५५ सालबाट सेवा दिइरहेको नेपालकै पहिलो केबलकारमा वर्षेनी लाखाैं यात्रुहरूले यात्रा गर्दै आएका छन् ।













