मच्छेगाउँ-कीर्तिपुर सडक अवरूद्ध
थानकोट ।
मच्छेगाउँबाट कीर्तिपुर जोड्न सडक मार्ग अवरूद्ध भएको छ ।
बुधबार राति परेको पानीका कारण चुनदेवीमा रूखसहितको पहिरो जाँदा सडक अवरूद्ध भएको चन्द्रागिरि ९ का वडाध्यक्ष अच्युत अधिकारीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । वडाध्यक्ष अधिकारीले सो सडक खुलाउने प्रयास जारी रहेको हुँदा वैकल्पिक मार्ग उपयोग गर्न अनुरोध गर्नुभएको छ ।
पहिरोका कारण विद्युत, टेलिफोन तथा इन्टरनेट तारमा समेत क्षति पुगेको बताइएको छ ।












