यू-२० टोली आज स्वदेश फर्कदै

Thankot Times

थानकोट ।

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज स्वदेश फर्कने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको छ । नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।

नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार ब्यहोरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *