मोटरसाइकलमा गाँजा ल्याउँदै गरेका तेज नागढुङ्गामा समातिए

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले नागढुंगाबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २० वर्षीय तेज तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार मंगलबार चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट तामाङलाई पक्राउ गरिएको हो।

धादिङबाट काठमाडौं आउँदै गरेको बा ८० प १०३३ नम्बरको मोटरसाइकललाई नागढुंगामा चेक गरिएको थियो। उक्त मोटरसाइकलमा १० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

थप अनुसन्धानको लागि तामाङलाई प्रहरी वृत्त थानकोट पठाएको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *