थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ भने तीन जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।












