झ्याप्ले खाेलामा बस बिग्रेका कारण नागढुङ्गा क्षेत्रमा जाम

Thankot Times

थानकाेट ।
काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् ।

बिहान साढे ४ बजेतिर नागढुङ्गाको झ्याप्ले खोला नजिकै गाडी बिग्रिएकाले एकतर्फीरुपमा गाडी चल्दा चाप बढेको हो ।

बिग्रिएको गाडी हटाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला अन्य मख्य सडक खण्डमा भने गाडीको आवतजावत सामान्य छ ।

तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *