चेकपोष्टमा खुल्यो हाडजोर्नी तथा नसा उपचार केन्द्र

Thankot Times

थानकोट ।

हाड जोर्नी तथा नसाका बिरामीहरूका लागि लक्षित गरि चन्द्रागिरि ७ चेकपोष्टमा उपचार केन्द्र खुलेको छ ।

नसासम्बन्धी रोगहरुको फिजियोथेरापी विधिबाट उपचार गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिका-७ वाणस्थलीस्थित हाइभिजन कोलोनीमा स्पार्क फिजियोथेरापी सेन्टर प्रा. लि. स्थापना हुने भएको हो । उक्त उपचार केन्द्रबाट शनिबार औपचारिक कार्यक्रमबीच सेवारम्भ गरिने संचालक डा. अनिल महतोले जानकारी दिनुभयो ।

सो उपचार केन्द्रमा  मेरुदण्ड भाँचिएका, गर्धन तथा कम्मरको नसा च्यापिएका, पक्षघात भएका, मस्तिष्क पक्षघात भएका, पार्किन्सन रोग, बाथ रोग लगायतको उपचारका अतिरिक्त चिकित्सकीय परामर्थ उपलब्ध हुने बताइएको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *