थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारणलाइनको प्रगति शून्य
थानकोट ।
आर्थिक वर्ष ०७८/७९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका एक दर्जन कार्यक्रमको भौतिक प्रगति ५० प्रतिशतभन्दा कम देखिएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार ऊर्जातर्फका ११ वटा योजना तथा कार्यक्रमको प्रगति ५० प्रतिशतभन्दा कम छ । यसमध्ये ३ वटा जलविद्युत् आयोजना, एउटा प्रसारणलाइन र ६ वटा वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना छन् ।
थानकोट–चापागाउँ भक्तपुर १३२ केभी प्रसारणलाइनको प्रगति शून्य रहेको मन्त्रालयको भनाइ छ । यो प्रसारणलाइन बन्न सुरु भएको २३ वर्ष भयो । आर्थिक वर्ष ०५५/५६ मै मन्त्रिपरिषद्ले मुआब्जा विवाद टुंग्याएर आयोजना अघि बढाउने निर्णय गरेको थियो, कान्तिपुर दैनिकमा खबर छ । तर ललितपुरको खोकना, हरिसिद्धि, लामाटार, बुङ्मती क्षेत्रका बासिन्दाले रुट परिवर्तनको माग गर्दै बन्न दिएका छैनन् । गत आर्थिक वर्ष पनि यो आयोजनाका लागि मन्त्रालयले बजेट छुट्याएको थियो । तर काम भने अघि बढेन ।












