गाँजा ओसार्ने नयाँ काइदा, ट्रिपरको सिटमुनि गाँजा बोक्ने ट्रिपर चालक नागढुङ्गामा समातिए
थानकोट ।
ट्रिपरको सिटमुनि गाँजा लुकाई काठमाण्डाै ल्याउने दुई युवा पक्राउ परेका छन् ।
शनिबार राति प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित धादिङ गल्छी गाउँपालिका-१ बस्ने २८ वर्षीय सरोज कुमार साह र २२ वर्षीय नबिन मगरलाई पक्राउ गरेको हो ।
प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा उनीहरूले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख २८८३ नम्बरको टिपरको सिट मुनि लुकाई ल्याएको उक्त गाँजा बरामद गरेको जनाएको छ ।
पक्राउ परेका साह र मगरमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको सो वृत्तका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।












